23.1 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

थप १ हजार ९५७ जनामा कोरोना पुष्टि, ३६ हजार सक्रिय संक्रमित

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६९२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ५८७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार १८४ जना र ४ हजार १०५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ लाख ४२१६ पुगेको छ ।

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार १०३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख २० हजार ५९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ६९२ जनाको परीक्षण हुँदा हालसम्म कुल ६२ लाख ९१ हजार ४४० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स