23.8 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

७३ लाख मात्रा खोप, ६१ लाख सिरिन्ज भण्डारणमा

काठमाडौं । सरकारले ७३ लाख मात्रा भन्दा बढी कोरोना भाइरस विरुद्धको खोप देशभरका भण्डार केन्द्रमा स्टक रहेको जनाएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्था महाशाखा प्रमुख डा सुरेन्द्र चौरसियाका अनुसार सरकारसँग ७३ लाख ३५ हजार ४०० मात्रा खोप सबै प्रदेशका भण्डारण केन्द्रमा स्टक रहेको छ । त्यस्तै खोप लगाउन आवश्यक पर्ने ६१ लाख ६८ हजार सिरिन्ज पनि सरकारसँग रहेको डा चौरसियाले जानकारी दिनुभयो।

कुन खोप कति स्टक ?
महाशाखाका अनुसार भेरोसेल छ लाख ११ हजार ३८२ मात्रा, जोन्सन एण्ड जोन्सन ६ लाख ३२ हजार २ सय, अस्ट्राजेनेका १३ लाख १९ हजार, कोभिसिल्ड २५ लाख ४३ हजार ३१० मात्रा, फाइजर तीन लाख ५२ हजार ९६८ र मोडर्ना १८ लाख ७६ हजार ५४० मात्रा स्टमा रहको छ । प्रदेश १ को प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा दुई लाख ३३ हजार ८१५ मात्रा खोप स्टक रहेको छ भने ६ लाख ३७ हजार दुई सय सिरिन्ज रहेको केन्द्रमा रहेको महाशाखाले जनाएको छ ।

मधेश प्रदेशको प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ३४ हजार ३२ सय खोप र चार लाख सिरिन्ज रहेको स्टकमा छ । हैटोडास्थित कोल्ड चेन्जमा एक लाख ४८ हजार दुईसय मात्रा खोप र ३८ हजार सिरिन्ज रहेको छ । इपिआई १० डिस्ट्रीक टेकुस्टोरमा तीन लाख ३६ हजार ११० मात्रा खोप स्टक हुनुका साथै २० लाख मात्रा सिरिन्ज रहेको छ। गण्डकी प्रदेशको प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा एक लाख ५२ हजार दुई सय पाँच मात्रा खोप र तीन लाख ४६ हजार सिरिन्ज रहेको छ।

लुम्बिनी प्रदेशकोे प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पाँच लाख ६० हजार २३१ मात्रा खोप र सात लाख ७२ हजार चार सय सिरिन्ज भण्डारणमा रहेको छ । कर्णाली प्रदेशको प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ५८ हजार ८१ मात्रा खोप र छ लाख ४१ हजार आठ सय सिरिन्ज भण्डारणमा रहेको छ।

त्यस्तै सुदूरपश्चिम प्रदेशको प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा दुई लाख २६ हजार ८२० मात्रा खोप र चार लाख ३६ हजार सिरिन्ज रहेको छ । पथलैयास्थित स्टोरमा तीन लाख ६७ हजार पाँच सय खोप र आठ लाख ९६ हजार ६ सय सिरिन्ज रहेको महाशाखाले जनाएको छ । सेन्टर स्टोर,टेकुमा ४८ लाख ८२ हजार २४८ मात्रा खोप रहको छ।

कहाँ कहाँबाट आयो खोप ?

नेपालमा पहिलो पटक भारतबाट अनुदानमा गत वर्ष माघ ८ गते खोप आएको थियो। अहिलेसम्म नेपालमा खरिद, अनुदान र कोभ्याक्स सुविधा अन्तर्गत खोप प्राप्त भएको छ। खरिद गरिएको एक करोड २० लाख, विभिन्न दातृ निकायबाट अनुदानमार्फत् प्राप्त गरेको ५४ लाख ६२ हजार ७२०, कोभ्याक्समार्फत खरिद गरिएको ७५ लाख ९७ हजार २००, कोभ्याक्समार्फत् अनुदानमा प्राप्त रहेको एक करोड दुई लाख ३६ हजार १२०, कोभ्याक्सको एएमसीमार्फत् प्राप्त भएको आठ लाख ७२ हजार ६०० गरी नेपालले अहिलेसम्म चार करोड ३३ लाख ६८ हजार ६४० मात्रा खोप प्राप्त गरेको छ।

एक वर्षमा कतिले लगाए खोप ?
नेपालमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको शुक्रबार एक वर्ष पूरा भएको छ। सरकारले गत वर्ष माघ १४ गते अग्रपंक्तिमा खटिएर काम गर्ने व्यक्तिलाई खोप दिएर खोप अभियान सुरु गरेको थियो । सरकारले खोप अभियान सुरु गरेदेखि अहिलेसम्म तीन करोड ६ लाख चार हजार १५२ मात्रा खोप लगाइसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स