22.6 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

कमैया मुक्तिको २२ वर्ष पुरा : तर समस्या ‘ज्युँ का त्युँ’

दाङ। नेपाल कमैया मुक्त देश घोषणा भएको २२ वर्ष पुरा भएको छ । कमैया मुक्तिसँगै पुनःस्थापनाका लागि तत्कालिन सरकारले २०५७ साल साउन २ गते देशलाई कमैया मुक्त घोषणा गरेको थियो ।

सरकारले देशलाई कमैया मुक्त घोषणा गरेपनि मुक्त कमैयाका समस्या उस्तै रहेको भन्दै कमैयाहरुले प्रत्यक बर्ष मुक्त कमैया दिवसका अवसरमा कार्यक्रम गरेर मनाउने गरेका छन् । कमैया मुक्त घोषणा भएको लामो समय वितिसक्दा पनि कमैयाहरु पुर्नःस्थापना हुन नसकेको उनीहरुको गुनासो गर्ने गरेका छन् । त्यसै अवसरमा मुक्त कमैयाहरुले सोमवार दाङको लमहीमा २२ औं मुक्त कमैया दिवसका अवसरमा कार्यक्रम गरेर मनाएका छन् ।

हर्ष र उल्लासका साथ मनाउनुपर्ने मुक्त कमैया दिवस अहिलेपनि उनीहरुले आफ्ना समस्या सुनाउदै मनाउने गरेको मुक्त कमैया लक्ष्मीप्रसाद चौधरीले बताउनुभयो । सरकारले कमैया मुक्त गरेपनि कमैयालाई पुनःस्थापना, सामाजिक सुरक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, जमिनको व्यवस्था गर्न नसकेको उहाँको गुनासो छ ।

‘सरकारले कमैया मुक्तिको घोषणा गरेको २२ बर्ष पुरा भयो । तर हामीले अहिलसम्म जग्गा पाउन सकेका छैनौ’,मुक्त कमैया चौधरीले भन्नुभयो,‘यो भन्दा ठुलो समस्या के हुन्छ ? सरकारले कमैया मुक्तिको घोषणापनि केही कमैयाहरुले पुनःस्थापनाको लागी जग्गा, घर निर्माणको लागी काठ, नगद उपलब्ध गराउने, जोखिमयुक्त स्थानमा जग्गा प्राप्त गरेका तथा जग्गा धनी प्रमाणपत्र प्राप्त गरेर पनि जग्गा उपभोग गर्न नपाएको उहाँको गुनासो छ ।

कमैया मुक्त भएको २२ वर्ष पुगेपनि आफुहरुको समस्या समाधान हुन नसकेको मुक्त कमैया कमला चौधरीले बताउनुभयो । सरकारले कमैया मुक्त घोषणासँगै जग्गा, घर निर्माणका लागि काठ र पैसा उपलव्ध गराउने सहमति गरेपनि अहिलेसम्म कार्यान्वयन नगरेको बताउनुभयो । उहाँले नेताहरुले चुनावको समयमा समस्या समाधान गर्ने बाचा गरेपनि त्यसपछि कमैयालाई भुल्ने गरेको गुनासो गर्नुभएको थियो ।

मुक्त कमैया समाजका अध्यक्ष हरिचन्द्र चौधरीका अनुसार जिल्लामा परिचयपत्र प्राप्त गरेका एक हजार चार सय २६ जना मुक्त कमैयाहरु हुनुहुन्छ । त्यसैगरी लगत संकलन गर्न छुटेका दुई हजार चार सय ३६ जना तीन हजार ७ सय ६२ जना मुक्त कमैयाको संख्या रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।

कमैयाका समस्याप्रति सरकार गम्भीर छ : मन्त्री चौधरी

२२औं मुक्त कमैया दिवसलाई सम्बोधन गर्दै लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित चौधरीले कमैयाका समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनु भएको छ । कमैया मुक्त घोषणा भएको दुई दशकसम्म पनि समस्या समाधान नहुनु दुःखद भएको भन्दै मन्त्री चौधरीले समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो ।

उहाँले दिर्घकालिन रुपमा समस्या समाधान गर्नेगरि आफुले पहल गर्ने पनि बताउनुभयो । साथै मन्त्री चौधरीले पूर्जा भएका तर जग्गा नभएका किसानलाई जग्गा उपलब्ध गराउनका लागि जतिसक्दो चाँडै पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स