27.1 C
Kathmandu
Tuesday, September 26, 2023

नेपालका शीर्ष नेता र चिनियाँ कम्युनिष्ट पार्टीबिच छलफल

काठमाडौं । नेपालका राजनीतिक दलका शीर्ष नेता र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)बीच छलफल भएको छ ।

बुधबार दिउँसो नेपालका विभिन्न दलका शीर्ष नेताहरूबीच भर्चुअलमाध्यमबाट छलफल हुन लागेको हो। सिपिसीको तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले प्रतिनिधित्व गर्नेछन्।

छलफलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे सहभागी हुँदैछन्।

उपप्रधानमन्त्री पोखरेलको सचिवालयले नेपालमा बढ्दो कोरोना भाइरसको महामारी, महामारी नियन्त्रण र चीनसँगको सम्बन्धबारे छलफलमा कुरा हुने बताएको छ।

छलफलपछि चिनियाँ पार्टीको तर्फबाट नेपाललाई सहयोगको घोषणा पनि हुनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स