29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कर्णाली सरकारले सुर्खेत र कालिकोटमा अक्सिजन रिफिलिङ स्थापना गर्ने

सुर्खेत । कर्णाली प्रदेश सरकारले सुर्खेत र कालिकोटमा अक्सिजन सिलिण्डर भर्ने रिफिलिङ स्थापना गर्ने भएको छ । प्रदेशमा अक्सिजनको दिगो र भरपर्दो आपूर्तिलाई सुनिश्चित गर्न सुर्खेत र कालिकोटमा रिफिलिङ सिस्टमको स्थापना गर्ने सोमबारको प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो ।

प्रदेशमा ठूलो क्षमताको रिफिलिङको सुविधा नहुँदा नेपालगञ्जबाट अक्सिजन भरेर ल्याउनुपर्ने बाध्यता छ । आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेकी नेपालीका अनुसार बैठकले प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा छात्रवृत्ति करारमा कार्यरत विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतहरूको समयावधि समेत थप गरेको छ ।

उनीहरूको करार सकिएका कारण आगामी असार मसान्तसम्म म्याद थप गरिएको हो । यसैगरी रिक्त दरबन्दीमा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने पनि प्रदेश सरकारले निर्णय गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स