19.1 C
Kathmandu
Saturday, April 13, 2024
spot_img

थप २५९ जनामा कोरोना संक्रमण, १ को मृत्यु, २६४ जना संक्रमणमुक्त

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७ हजार २ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ जना र २ हजार ६ सय ५७ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरी २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २६४ जना निको भएका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार६०९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ भने ८ लाख २ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९४४ जना रहेका छन् । जसमध्ये ६ हजार ५४१ जना होम आइसोलेसनमा रहेका छन् भने ४०३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १५९ जना आईसीयू र ३७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १७ जना कोरोना संक्रमित थपिएका छन् ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स