24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजबाट शुरु, ५ लाख कार्यकर्ता चितवनमा उत्रिने

काठमाडौं । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनआज शुक्रबार बाट चितनवमा शुरु हुँदैछ । एमालेको नयाँ नेतृत्व चयनका लागि हुन गइरहेको महाधिवेशन उद्घाटन आज अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन् । मध्यान्ह १२ बजे हुने उद्घाटन कार्यक्रम नारायणी नदी किनारमा हुनेछ । त्यसपछि बन्दसत्र सौराहमा हुनेछ ।

महाधिवेशनका लागि सम्पूर्ण तयारी भइसकेको एमालेले जनाएको छ । मंसिर १० गतेबाट शुरु हुने महाधिवेशन १२ गतेसम्म ३ दिन चल्नेछ । एमालेको महाधिवेशनमा देशभरीबाट करिब ५ लाख कार्यकर्ता उतार्ने एमालेको लक्ष्य रहेको छ । महाधिवेशनको पूर्वसन्ध्यामा अझैपनि देशभरबाट कार्यकर्ताहरु चितवन आउनेक्रम जारी रहेको छ । अध्यक्ष ओलीसहित पार्टीका शिर्ष नेताहरु बिहीबार नै चितवन पुगिसकेका छन् ।

त्यस्तै मुलुकभरका अन्य नेता कार्यकर्ताहरु पनि शुक्रबारसम्ममा चितवन आइपुगिसक्ने एमालेले बताएको छ । महाधिवेशन आयोजना भएको जिल्ला चितवनका प्रत्येक घरमा निम्तो दिइएको पनि एमालेले जनाएको छ । चितवनमा ९८ वटा वडा रहेका छन् । प्रत्येक घरका लागि वडामार्फत पत्र पठाइएको एमालेले जनाएको छ ।

महाधिवेशनको बन्दसत्रमा २ हजार १ सय ७५ प्रतिनिधि सहभागी हुने बताइएको छ । मञ्चको ५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा ‘सेल्फी प्वाइन्ट’समेत बनाइएको छ । एमालेले महाधिवेशनमा कुनै प्यानल बनाए कारवाही गर्ने पनि बताएको छ । एमालेको नयाँ नेतृत्वका लागि भोलि शनिबारसम्म उम्मेदवारी दिन सकिनेछ ।

त्यस्तै उम्मेदवारी फिर्ता लिनुपरे शनिबारनै लिन सकिते केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बाले बताएका छन् । शानिबार ११ गते उम्मेदवारी दर्ता गर्ने र त्यही दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका छ । शनिबार नै बेलुका ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने र १२ गते मतदान गर्ने कार्यक्रम तय भएको छ,’ सुब्बाले भने ।

उहाँका अनुसार शनिबार बेलुका ६ बजे अन्तिम नामावली हुने र १२ गते मतदान हुनेछ । महाधिवेशनका समयमा सुरक्षा जोखिमलाइ मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले सुरक्षा व्यवस्था पनि कडा पारेको छ।

महाधिवेशन लक्षित सुरक्षामा प्रशासनले १५ सय सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ । त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा मालवाहक गाडी सञ्चालनमा रोक लगाइनेछ । यद्यपि अत्यावश्यक सवारीसाधन चल्न पाउनेछन् ।

पूर्वपश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट ओहोरदोहोर गर्ने सवारी साधनलाई वैकल्पिक बाटोको व्यवस्था गरिएको चितवन प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स