26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

तिहार मनाउन घर जानेका लागि काठमाडौंका चार स्थानबाट निःशुल्क खोप

काठमाण्डौँ । सरकारले चाडपर्वलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाबाट बाहिर जानेहरुका लागि कोरोना भाइरसविरुद्धको निशुल्क खोपको व्यवस्था गरेको छ ।

तिहार मनाउन घर जाने यात्रुहरुका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका विभिन्न ठाउँमा कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो । आजदेखि कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिन सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको खोप शाखाका अनुसार खोपको कार्यक्रम आज र भोलि दुई दिन चल्नेछ । खोप कार्यक्रम बिहान साढे ७ बजेदेखि चार बजेसम्म सन्चालन हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले उपत्यका छाड्न चाहाने यात्रुहरुलाई आफ्नो परिचयपत्र लिएर खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स