29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

सुनकोसीको पानी तानेर सिन्धुलीको ४५ गाउँमा वितरण गर्ने तयारि

सिन्धुली । पिउने पानीको अभाव खेपिरहेका सिन्धुलीको सुनकोसी गाउँपालिकाका ४५ गाउँबस्तीका करिब दुई हजार पाँच सय घरमा सुनकोसीको पानी पुर्याउने लक्ष्यसहित खानेपानी परियोजना अगाडि बढाइएको छ ।

सो परियोजना सुनकोसी गाउँपालिकाको वडा नम्बर ५ र ६ मा सञ्चालन गरिने छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना मन्थलीका प्रमुख राजेन्द्र सापकोटाका अनुसार परियोजनाको अन्तिम लागत अनुमान तयार भई विभागमा पेस गरिएको छ ।

दुई वर्षमा निर्माण सम्पन्न हुने गरी सम्भवतः मङ्सिरसम्ममा परियोजनाको टेन्डर प्रक्रिया सुरु हुने प्रमुख सापकोटाले जानकारी दिनुभयो । निर्माण सम्पन्नपछि एक वर्षसम्म परियोजनाको सञ्चालन, मर्मत निर्माण कम्पनीले नै गर्नेछ । सङ्घीय सरकारको करिब ४९ करोड लगानीमा निर्माण गरिने सो परियोजनाबाट सुनकोसी गाउँपालिका वडा नम्बर ५ र ६ का दुई हजार ४८० घरमा धारा जडान गरिने प्रमुख सापकोटाले बताउनुभयो । खानेपानी परियोजनामा स्थानीय जनश्रम व्यवस्थापन र सहयोगका लागि नागेडाँडा लिफ्ट खानेपानी उपभोक्ता समूूह गठन गरिएको छ ।

समूूहका अध्यक्ष सुदीप हायूका अनुसार खानेपानी परियोजना सञ्चालनको प्रक्रिया अगाडि बढेसँगै सुनकोसीको पानी पिउने सपना पूरा हुन्छ कि भन्ने आशा स्थानीयवासीमा बढेको छ । गाउँबस्तीका चिया पसल र चौतारीमा गाउँलेबीच तर्क–वितर्क चल्न थालेको छ ।

सुनकोसीको पानी तानेर डाँडा डाँडाका सुक्खा बस्तीमा वितरण गर्ने परियोजना सञ्चालनको खबरबाट सबैभन्दा बढी महिला नै खुसी भएको चर्चा गर्दै शिक्षिका दाहालले भन्नुभयो, “परियोजना ठूलो छ, निर्धारित समयमा नै सम्पन्न गर्न र गुणस्तरीय कामका लागि स्थानीय उपभोक्ताले समेत साथ, सहयोग र निगरानीमा ध्यान दिनुपर्छ । ”

स्थानीय प्रमोद दाहालले सुनकोसी क्षेत्रमा हरेक वर्ष सुक्खा लाग्ने र डाँडापाखाका पानीका मुहान सुक्ने भएकाले प्रायः पानीको समस्या भइनै रहने बताउनुभयो । खानेपानीका मुहान सुक्दा कतिपय गाउँवासीले एक खेपको तीन हजार रुपियाँसम्म तिरेर सुनकोसीको पानी ढुवानी गरेर उपभोग गर्दै आएको दाहालले बताउनुभयो ।

स्थानीय प्रमोद दाहालका अनुसार विस्तृत परियोजना प्रतिवेदन तयार पार्न आर्थिक वर्ष २०७५र७६ मा एक करोड रुपियाँ बजेट निकासा भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७८र७७ मा छ करोड ९० लाख र यस आर्थिक वर्षमा आठ करोड रुपियाँ बजेट निकासा भएको छ । सो परियोजनामा सुनकोसीका दुई स्थानमा इनार खनिने छ । खाल्टेको गड्यौली खोलामा र मुल्कोटमा गरी दुई स्थानमा इनार निर्माण गरी पानी निकालिने छ । सो पानीलाई पम्पमार्फत करिब एक हजार १५० मिटर उचाइमा पु¥याएर गाउँगाउँमा वितरण गरिनेछ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाबाट सो परियोजना अगाडि बढाइएको हो । सोअन्तर्गतका परियोजनामा ९० प्रतिशत लागत नेपाल सरकार र १० प्रतिशत जनसहभागिता रहन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स