26.1 C
Kathmandu
Monday, April 22, 2024
spot_img

छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला…….

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं । केहि जिल्लामा कोरोना महामारीबीच रोपाइँको याम शुरु भएको छ । यसैक्रममा बागलुङ जिल्लाको गलकोट भेगमा जेठ दोस्रो सातादेखि नै रोपाइँ हुन थाल्छ । कोरोना सङ्क्रमण रोक्न निषेधाज्ञा जारी गरिए पनि किसानलाई खेतीपाती नगरी सुख छैन । महामारीकै बेला वर्षे बाली लगाउने समय शुरु भएपछि गलकोट नगरपालिकाले किसानलाई विशेष सजगता अपनाएर खेतबारीमा काम गर्न आग्रह गरेको छ । आइतबार सार्वजनिक सूचना जारी गरेर नगरपालिकाले रोपाइँलगायत खेतीपातीका काममा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरूपमा पालना आग्रह गरेको छ ।

खेतमा काम गर्दा अनिवार्यरूपमा भौतिक दूरी कायम गर्न, कम मानिस मात्र भएर खेतीपातीको काम गर्न, खाजाको प्रबन्ध घरबाटै गर्न तथा खेतमा आउने र घर फर्कने समयमा अनिवार्यरूपमा मास्क लगाउन आग्रह गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले बताए । रोपाइँमा धेरै किसानको जमघट र आउजाउ हुँदा कोरोना सङ्क्रमणको जोखिम हुने भएकाले सजगता अपनाउन भनिएको हो ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स