24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

अक्सिजन प्लान्ट राख्दै बागमती प्रदेश सरकार

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापनाको तयारी थालेको छ । अक्सिजन प्लान्ट राख्न सरकारले अक्सिजन प्लान्ट राख्ने तयारी थालेको हो।

कोभिड महामारीलाई मध्यनजर राख्दै सामाजिक विकास मन्त्रालयले सार्वजनिक खरिद अनुगमन मार्फत एक हप्ताको समय सीमा राखेर टेण्डर आह्वान गरेको छ ।

मन्त्रालयले प्रदेश मातहतमा रहेका काठमाडौं टोखा, ललितपुरको बज्रबाराही, दोलखाको चरिकोट रामेछापको रामेछाप अस्पताल, काभ्रे मेथिनकोट, धादिङ, सिन्धुपाल्चोकको चौतारा अस्पताल र चितवनको बकुलहर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको मन्त्रालयले जनाएको छ ।

प्रदेश मातहतका अस्पतालहरुमा अक्सिजन अभाव नहोस भनेर एक महिनाभित्र प्लान्ट स्थापना गरिसक्ने मन्त्रालयले जनाएको छ । अक्सिजन प्लान्ट नभएका अस्पतालहरुमा प्लान्ट निर्माण गर्ने निर्णय अनुसार प्लान्ट निर्माण गर्न लागेको मन्त्रालयले जानाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स