26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

काठमाडौंमा कोरोना संक्रमण संख्या घट्यो

काठमाडौं । दैनिक थपिने कोरोना संक्रमितको संख्या काठमाडौं उपत्यकामा घट्दै गर्दा बाहिर भनेको बढेको छ ।

जेठ पहिलो साताको तथ्यांकले उपत्यकामा संक्रमण दर क्रमशः घट्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण पौडेलले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार जेठ १ गते काठमाडौं उपत्यकामा २८८२ जनामा संक्रमण देखिएको छ भने साताको अन्तिम दिन जेठ ७ गते २४४७ जनामा संक्रमण देखिएको छ । संख्यात्मक हिसाबले तुलना गर्ने हो भने जेठ ३ र ६ गतेबाहेक काठमाडौं उपत्यकामा संक्रमण घटेको देखाउँछ । तथ्यांक अनुसार जेठ ३ गते ३२१३ र ३२३२ संक्रमित थपिएका छन् ।

उपत्यका भन्दा बाहिरका जिल्लामा भने संक्रमण बढ्दो छ । उपत्यका बाहिर संक्रमण बढ्नुले गाउँगाउँमा संक्रमण फैलिरहेको अवस्थालाई देखाउने डा. पौडेल बताउँछन् ।

कोरोना महामारीको दोस्रो लहरको सबैभन्दा अप्ठ्यारा साता चैत महिनाको अन्तिम सातायता देखिएको उनले बताए । ‘यी दिनहरुमा द्रुत दरमा संक्रमण बढेको देखिन्छ,’ डा। पौडेलले भने, ‘हाम्रो उपचारात्मक प्रणाली विशेष गरी अस्पतालहरु, अस्पतालका शय्याहरु, अक्सिजन, आईसीयू र भेन्टिलेटरका लागि ठूलो माग रह्यो ।’

यो समयमा दैनिक पहिचान हुने नयाँ संक्रमितको संख्या ९ हजारभन्दा बढी थियो । जेठको पहिलो साता थोरै मात्रामा परीक्षण बढ्दा पनि दैनिक ८ हजारको हाराहारीमा संक्रमण भेटिएका छन् । आइतबार भने ७ हजार ९१४ संक्रमित भेटिए ।

डा. पौडेलका अनुसार दोस्रो लहरमा युवा उमेर समूहका व्यक्तिहरु संख्यात्मक रुपमा बढी प्रभावित भएका छन् । संक्रमण भएका मध्ये धेरैलाई अक्सिजन दिएर अस्पतालमा भर्ना गर्नुपर्दा उपचार प्रणालीलाई थेग्न हम्मेहम्मे परेको उनले बताए ।

मृत्युलाई तुलना गर्दा पनि यो लहरमा पनि ६० वर्ष भन्दा कम उमेर समूहका व्यक्तिहरुको बढी मृत्यु भएको उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स