27.1 C
Kathmandu
Tuesday, September 26, 2023

कोरोना अपडेटः ७९१४ जनामा कोरोना, १९३ जनाको मृत्यु

काठमाडौं । आज देशभर ७ हजार ९१४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ९१४ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ७ हजार ५९८ र एन्टीजेन विधिबाट ३१६ जना संक्रमित पुष्टि भएका हुन्।

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १९३ जना संक्रमितको मृत्यु भएको छ।

आज देशभर ७ हजार ६६४ जना संक्रमित निको भएका छन्। देशभर ८७३ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स