29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

त्रिशूली अस्पताललाई एक हजार २०० सिलिण्डर अक्सिजन सहयोग

काठमाडौं । कोरोना रोकथामका लागि अक्सिजनको माग बढिरहेका बेला ‘हाम्रो अक्सिजन उद्योग’ले नुवाकोटको त्रिशूली अस्पतालका लागि एक हजार २०० सिलिन्डर अक्सिजन सहयोग गरेको छ । राष्ट्रिय उद्योग व्यवसायी महासङ्घ, नुवाकोटका अध्यक्ष गोपीप्रसाद कँडेल र व्यवसायी दिनेश ढकालले वागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, नेकपा एमाले नुवाकोटका सचिव काशिराज अधिकारीसहितसँगको छलफलपछि सिलिन्डर हस्तान्तरण शुरु गरेका हुन् ।

मन्त्री पाण्डेले महामारीका समयमा सहयोग गरेकामा धन्यवाद दिँदै उद्योगी व्यवसायीका लागि काम गर्न सहज वातावरण तयार गरिने बताए । नुवाकोटको ककनीस्थित उद्योगले नेपालकै सम्भवतः बढी दैनिक ७०० देखि ७५० सिलिन्डरसम्म अक्सिजन उत्पादन गर्दै आएको छ ।

महत्वपूर्ण व्यावसायिक व्यक्तित्वको सम्मानप्राप्त कँडेल उक्त उद्योगका संस्थापक अध्यक्ष हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स