24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार, पुरानै अनुहारलाई मन्त्रि नियुक्त

काठमाडौं / गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गरीएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिमण्डल बिस्तार गर्नुभएको छ ।

संसदमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहित तीन दलले ल्याएको अविश्वासको प्रस्ताव असफल भएपछि वैशाख २९ मा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले मन्त्रिमण्डल विस्तार गर्नुभएको हो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आर्थिक मामिला तथा योजना मन्त्रीमा किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन मन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँहरुलाई मन्त्रालयको जिम्मेवारी भने दिन बाँकी रहेको छ । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार पथ तथा गोपनीयताको शपथ गराउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स