Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b1aff7-68b10.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349
खराब मौसमले देशका विभिन्न भागबाट हुने दर्जनौं उडान प्रभावित - Palika TV
Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b1aff7-68b13.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349

Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b1aff7-68b14.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349
25.1 C
Kathmandu
Sunday, May 26, 2024
No menu items!
spot_img
No menu items!

खराब मौसमले देशका विभिन्न भागबाट हुने दर्जनौं उडान प्रभावित

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं । सोमबार देखिको निरन्तर परेको पानीका कारण काठमाडौंबाट अन्यन्त्र हुने उडान प्रभावित बनेको छ । त्रिभुवन अन्तरार्ष्टिय विमानस्थलका प्रवक्त रिन्जी शेर्पाका अनुसार आधादर्जन बढी उडान रद्द भइसकेको छ भने १५ बढी उडान डिले भएको जानकारी दिनुभयो । मौसममा केही सुधार आएकाले काठमाडौंबाट हुने केही उडान सुचारु भएका छन् ।

विमानस्थलको तथ्याङक अनुसार विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज खराब मौसमका कारण अवतरण हुन नसकेपछि काठमाडौंनै फर्किएको थियो । काठमाडौंबाट लुक्ला जाने र लुक्लाबाट काठमाडौं आउने सबै उडान डिले भएको छ भने मनाङमा कुनै उडान हुनसकेको छैन । काठमाडौंबाट जनकपुर उड्ने यती एअर उडान डिले भएको छ ।

काठमाडौंबाट भद्रपुर र काठमाडौंबाट धनगढी जाने सौर्य एअरको उडान रद्द भएको छ भने काठमाडौंबाट फाप्लुका लागि उड्ने समिट एयरको उडान रद्द भएको छ । देशैभर खराब मौसमका कारण उडानहरु प्रभावित बनेको विमानस्थलले जनाएको छ तर काठमाडौंमा भने सामान्य अर्थात पाँच किलोमिटर भिजिवलिटी भएको जनाएको छ ।

काठमाडौं बाहिरका विमानस्थल आसपास मात्र नभएर उडान हुने रुटका कारणले पनि भिएफआर र आइएफआरमा उडान गर्ने दुवै प्रकारका उडान प्रभावित बन्ने गरेको शेर्पाले बताउनुभयो ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स