26.6 C
Kathmandu
Wednesday, September 27, 2023

वर्षाबाट प्रभावितहरुलाई राहत र उद्धारको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न भागमा बाढी–पहिरो तथा लगातारको वर्षाबाट प्रभावितहरुको उद्धार तथा राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिँदै बाढी–पहिरो प्रभावितलाई राहतको व्यवस्था गर्न र विपद्मा फसेकाहरुको उद्धार गर्ने व्यवस्था मिलाउन भनेका हुन् ।

पछिल्लो तीन दिनदेखि मुलुकका विभिन्न क्षेत्रमा अविरल पानी परिरहेको छ भने तराईँका र ठूला नदी तटीइ क्षेत्रमा बाढी तथा डुबानको समस्या देखिएको छ । भित्र्याउने बेलाको धानबाली वर्षाकै कारण नष्ट भएर किसानहरु समस्यामा परेका छन् ।

विशेषगरी सुदूरपश्चिममा लगातारको वर्षाले बढी जनजीवन प्रभावित भएको छ । बिजुली, सञ्चार, बाटोघाटो समेत अवरुद्ध भएको बताइएको छ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स