29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

पासो लगाएको डोरी महँगोमा बेच्न पाइने लोभमा महिलाको हत्या, तीन हत्यारा सार्वजनिक

काठमाडौं । पासो लागेर मान्छे मरेको डोरी महँगोमा बिक्री हुने भन्ने अन्धविश्वासमा परी महिलाको हत्या गर्ने तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पासो लगाएको डोरी महँगोमा बेच्न पाइने लोभमा महिलाको हत्यामा संलग्न एकजनालाई ललितपुर महानगरपालिका हरिसिद्धीबाट यही असोज २१ गते र दुईजना (श्रीमान्–श्रीमती) लाई मकवानपुरको मनहरी गाउँपालिका–७ बाट २२ गते प्रहरी टोलीले पक्राउ गरिएको थियो ।

‘‘तीनजना मिलेर ४५ वर्षीया कमला तामाङलाई डोरीमा कसेर हत्या गरिएको देखिन्छ । कमलालाई पासो लगाएर मार्ने र मारेको डोरी महँगोमा बेच्ने योजनासहित २३ वर्षीय सविन प्रजा, उनकी १८ वर्षीया श्रीमती सविना प्रजा माझी र २० वर्षीय सुमन मगर मिलेर हत्या गरिएको भेटियो,” प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रहरी अनुसन्धानका अनुसार घटनामा संलग्न सविन र सुमनले पासो लागेर मरेको डोरी, राम, लक्ष्मण र हनुमान भएको पुराना सिक्का, दाहिने शंख, चट्याङ परेको ढुंगालगायत वस्तुहरु महत्त्वपूर्ण हुने र करोडौँमा बिक्री हुने भन्ने अन्धविश्वासको आधारमा महिलाको हत्या गरेका थिए ।

ललितपुर महमानगरपालिका सुनाकोठी बस्ने नुवाकोटको बेलकोटगढी नगरपालिका–९ की कमलाको गएको भदौ २४ गते बिहान ६ः३० बजे हात बाँधेर घाँटीमा डोरी कसी हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै उनीहरू कमलाको कानका गरगहना समेत लिएर फरार भएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स