24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

भारतबाट फर्किने लुटिन र ठगिन थालेपछि जमुनाहा नाकामा सुरक्षा कडा

नेपालगञ्ज । भारतबाट चाडपर्व मनाउन फर्किने नेपालीलाई विभिन्न बहानामा लुट्ने तथा ठग्ने घट्नाहरु बढ्दै गएपछि प्रहरीले डग हेन्डलरसहितको विशेष प्रहरी टोली खटाएर नाकामा सुरक्षा कडा पारेको छ । वडा दशैँ, दीपावली तथा छठ पर्वलाई समेत मध्यनजर गर्दै आपराधिक गतिविध रोक्न तथा नाकामा विशेष निगरानी राख्न विशेष प्रहरी टोली खटाइएको बाँके प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले नाकामा तालिम प्राप्त प्रहरी कुकुर र विशेष प्रहरीलाई परिचालन गरेर चेकजाँचलाई कडा पार्नुका साथै आवागमन गर्नेमाथि निगरानी बढाएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । उहाँले कोहलपुरबाट डग हेन्डलर सहितको टोली ल्याएर जमुनाहा नाकामा सुरक्षा बढाएको जनाउँदै ती तालिम प्राप्त कुकुरहरुले गाडी तथा यात्रुहरुका सामाग्रीहरु सुँघेर चेकजाँच गरिरहेको बताउनुभयो ।

नाकामा आवागमन गर्ने कुनै पनि संदिग्ध व्यक्ति अथवा अन्य कुरा पनि ती तालिम प्राप्त कुकुरहरुले पत्ता लगाउने बाँके प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी बाँकेबाट प्रहरी निरीक्षक ईश्वरदेब गिरीको कमान्डमा खटिएको डग हेन्डलर सहितको टोलीले भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ आवतजावत गर्ने सबै सवारीसाधन, पैदल यात्रीहरुलाई संयुक्तरुपमा चेकजाँच गरिरहेका छन् ।

चेकजाँचमा जमुनाहा प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्ट, जयसपुर प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक सन्तोष बुढाथोकी, भन्सार सुरक्षा गार्डका प्रमुख प्रहरी नायब निरीक्षक लिला बिक, जिल्ला प्रहरीबाट गएका प्रहरी सहायक निरीक्षक रविन्द्र बम लगायत अन्य प्रहरी कर्मचारीहरु खटिएका छन् ।

दसैँ नजिकिँदै गर्दा भारतबाट आउने नेपालीलाई रिक्सा चालक, टेम्पोचालक, होटलका दलाल र सुरक्षाकर्मीहरुले समेत लुट्न र ठग्न थालेपछि बाँके प्रहरीले नाकामा विशेष ध्यान दिएको होे । सोही बमोजिम हाल आएर विशेष सुरक्षा व्यवस्था मिलाइएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो । उहाँले यो चेकजाँचले नाकामा हुने चोरी, तस्करी, दलाली र सेटिङ्गको रोकथाममा सहयोग पु¥याउने दाबी गर्नुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स