26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

थप १ हजार १५७ जनामा कोरोना पुष्टि, १ हजार ११३ संक्रमणमुक्त, ८ संक्रमितको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ५४१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ६५२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ८ सय ९२ जना र ३ हजार ८८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ८५ हजार ५३६ पुगेको छ ।

कोरोना भाइरस कोभिड–१९को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ११३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ६४ हजार ८४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार ५४१ जनाको परीक्षण हुँदा हालसम्म कुल ४७ लाख ७१ हजार ४५२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स