26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

तिलोत्तमा नगरपालिकाद्धारा रेविज विरुद्धको निःशुल्क खोप अभियान सञ्चालन

रुपन्देहि । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले रेविज विरुद्धको निःशुल्क खोप अभियान सञ्चालन गरेको छ । विश्व रेविज दिवस २०७८ को अवसरमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशको सहकार्यमा नगरपालिकाले १७ वटै वडामा अभियान सञ्चालन गरेको हो ।

असोज १२ गतेदेखि शुरू भएको रेविज विरुद्धको निःशुल्क खोप अभियान असोज १८ गतेसम्म चल्ने छ । असोज १२ गते वडा नम्बर १, २ र ५ तथा १३ गते वडा नम्बर ३, ४ र ६ मा खोप अभियान सम्पन्न भइसकेकोे छ भने असोज १४ गते वडा नम्बर ८, ११ र १२, १५ गते वडा नम्बर ९ र ७, १६ गते वडा नम्बर १३ र १४, १७ गते वडा नम्बर १० र १७ तथा १८ गते वडा नम्बर १५ र १६ मा अभियान सञ्चालन हुने नगरपालिका पशु शाखाका प्रमुख राजु कुँवरले जानकारी दिनुभयो।

समुदायमा छाडा छोडिएका कुकुरलाई मुख्य प्राथमिकतामा राखेर रेविज विरुद्धको खोप अभियान चलाइएको र दोस्रो प्राथमिकतामा घरपालुवा कुकुरलाई खोप लगाइने उहाँले बताउनुभयो ।

रेविज विरुद्धको खोप अभियानमा नगरपालिकाअन्तर्गत पशु शाखाका प्राविधिक खटिएका छन् । रेविजरोग कुकुर तथा अन्य जंगली जनावरको टोकाइबाट मानिसमा सर्ने प्राणघातक रोग हो । रेबिज संक्रमित जनावरले टोक्दा र्‍यालबाट मानिसको शरीरभित्र भाइरस प्रवेश गर्ने गर्छ ।

यो रोग लागेको व्यक्तिमा ज्वरो आउने, घाउ भएको ठाउँमा दुख्ने, झम्झमाउने, घोचे, पोले जस्तो हुने, भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायु सुनिने, पानीदेखि डराउनेलगायत लक्षण देखिन्छ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स