26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

देशैभर अझै केही दिन वर्षा हुने

काठमाडौँ। दुईवटा न्यूनचापीय रेखाको बलियो प्रभावका कारण सक्रिय बनेको नेपालको मनसुनी प्रणाली शनिबारसम्म नै सक्रिय रहने भएको छ । बङ्गालको खाडीमा जन्मेको न्यूनचापीय रेखा र नेपाल तराई नजिक रहेको न्यूनचापीय रेखाको दोहोरो असर नेपालको भूगोलमा परिरहेको छ ।

झन्डै एक सातादेखि पुनः सक्रिय बनेको मनसुनी वर्षाले यसपटक पूर्वदेखि सुदूूरपश्चिमको तराई भेगमा बढी प्रभाव जमाएको जल तथा मौसमविज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी क्षेत्रका विभिन्न स्थानमा लगातार बदली कायम रही हल्का, मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । पहाडी भेगका बागमती, गण्डकी र प्रदेश १ का विभिन्न स्थानमा पनि हल्कादेखि मध्यमसँगै केही स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।

महाशाखाले जनाएअनुसार बुधबारदेखि लुम्बिनी, कर्णाली र सुदूूरपश्चिमका विभिन्न भेगमा भारी वर्षा हुने सम्भावना छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स