29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

लगातारको बर्षाले छ सय कालिज मरे

पोखरा । पोखराको काहुँडाँडामा निजी व्यवसायीले पालेका कालिज वर्षात्का कारण मरेका छन् । तीन दिनदेखिको निरन्तर वर्षाले फार्ममा पालिएका छ सयभन्दा बढी कालिज मरेको सञ्चालक सुवास गुरुङले बताउनुभयो । फार्ममा ९३० कालिज रहेकोमा ६११ मरेको गुरुङले बताउनुभयो । गुरुङका अनुसार सोबाट लाखौँको नोक्सान भएको छ । एउटा कालिजको मूल्य चार हजारभन्दा माथि पर्छ ।

छ महिनाअघि मात्रै गुरुङले सासु कालिज फार्म नाम राखेर सञ्चालन गर्नुभएको हो । उक्त कालिजहरू करिब चार महिनाका थिए । पशुपन्छी रोग अन्वेषण प्रयोशाला पोखराका वरिष्ठ चिकित्सक केदार पाण्डेले जङ्गलमा हुने कालिज रुखको ओत लाग्ने र फार्ममा पालिएका हाइब्रिड जातका भएकाले ओत लगाउने ठाउँ नभएकाले मरेको हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, २४ घण्टाभन्दा बढी पानी परे ओत नभएको ठाउँमा बँचाउन सकिँदैन ।

कालिजलाई सानो हुँदा तापक्रम अनुकूलन गरेर राख्नुपर्छ । लगभग ३० देखि ३३ डिग्रीको बीचमा तापक्रम हुनुपर्ने उहाँले बताउनुभयो । तर २६ डिग्रीभन्दा कम तापक्रम भयो भने कालिज मर्ने सम्भावना रहन्छ । तीन महिना कटेपछि कालिजलाई सामान्य अवस्थामा छाडिन्छ अर्थात् तापक्रम मेन्टेन गर्नुपर्दैन ।

कालिज मर्दा करिब १६ लाख घाटा परेको सञ्चालक गुरुङले बताउनुभयो । क्षति भए पनि कालिज पाल्न भने नछाड्ने उहााको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स