29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मनसुन थप सक्रिय : यो हप्ता भवर धेरै ठाउँमा बाढी पहिरोको जोखिम

काठमाडौँ । मनसुन थप सक्रिय भएकाले यो हप्ता देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् । उनीहरूका अनुसार बङ्गालको खाडीबाट आएको जलवाष्फयुक्त वायुका कारण मनसुनी गतिविधि थप सक्रिय भएर वर्षा भइरहेको छ ।

गएरातिदेखि नै काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । यस्तै, प्रदेश–१, प्रदेश–२, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पानी परिरहेको छ । मौसमविदका अनुसार दिउँसो केहीबेर पानी पर्न रोकिने छ । तर, बेलुकापखदेखि फेरि पानी पर्ने सम्भावना छ । भोलि पनि मौसम यस्तै रहने छ । पर्सि र बिहीवार भने देशभर नै लगातारजसो झरी पर्ने सम्भावना रहेको मौसमविद् बताएका छन् ।

यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भइसकेको छ । यसअघि नै धेरै ठाउँमा जमिन गल्ने गरि पानी परिसकेकाले अब हुने वर्षाले थप जोखिम निम्त्याउने मौसमविद्ले जनाएका छन् । यो हप्ताभरि नै बाढी पहिरोको जोखिम उच्च रहेको बताइएको छ ।

पहाडी क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रानसहितको बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स