Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b16d30-38968.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349
प्रदेश सरकारले विपन्न परिवारलाई पठाएको खाद्यान्न गोदाममै कुहियो - Palika TV
Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b16d30-3896c.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349

Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b16d30-3896d.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349
25.1 C
Kathmandu
Sunday, May 26, 2024
No menu items!
spot_img
No menu items!

प्रदेश सरकारले विपन्न परिवारलाई पठाएको खाद्यान्न गोदाममै कुहियो

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

रौतहट । प्रदेश सरकारले विपन्न परिवारलाई बाँड्न पठाएको राहतस्वरुपको खाद्यान्न कुहिएको छ । समस्या परेको बेला नबाँडी राख्दा राजदेवी नगरपालिका–२ को कार्यालयमा भण्डार गरिएको खाद्यान्न कुहिएको हो ।

वडाभरिका करिब ३ सय विपन्न परिवारलाई खाद्यान्न वितरण गर्नुपर्ने भन्दै नामावली तयार पारिएको थियो । तर प्रदेश सरकारको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले ६० ६५ जनालाई मात्र पुग्ने गरी पठाएपछि बाँड्न नसकिएको वडाध्यक्ष सनुप महतोले जानकारि दिनुभयो । ‘विपन्न परिवारको संख्या धेरै छ । राहत भने थोरै आयो,’ उहाँले भन्नुभयो, ‘अपुग भएपछि वितरण गर्न सकिएन र कुहिन थाल्यो ।’

कोरोना महामारीका कारण समस्यामा परेका विपन्न परिवारका लागि प्रदेश सरकारले चामल, दाल, सोयाबिन तेललगायत सामग्री पठाएको थियो । उक्त सामग्री घरेलु तथा साना उद्योग कार्यालयमार्फत पालिका प्रमुखलाई जिम्मा लगाइएको थियो । जनप्रतिनिधिले विपन्न परिवारको पहिचान गरेपछि उक्त खाद्यान्न एक परिवारका लागि २५ किलोको दरले चामल र अन्य सामग्री वितरण गर्ने योजना थियो ।

सोहीअनुसार राजदेवी–२ का लागि ६५ बोरा चामल, १५ बोरा दाललगायत नुन, तेल, सोयाबिन भण्डारण गरिएको थियो । समयमा वितरण गर्न नसकेपछि खाद्यान्न कुहिएर खेर गएको वडा कार्यालयले जनाएको छ । कार्यालयको माथिल्लो तल्लामा राखिएको केही चामल चोरीसमेत भएको छ ।

स्थानीय सुरज हजराले विपन्नका लागि आएको राहत कुहिँदा पनि जनप्रतिनिधि रमिते बनेको आरोप लगाउनुभयो । घरेलु कार्यालयका प्रमुख जयकान्त झाले गत वर्ष नै जिल्लाका १८ वटै पालिकालाई राहतका सामग्री जिम्मा लगाएको बताउनुभयो ।

दुई साताअघि मात्रै देवाही गोनाहीवासीले राहतको चामल गोदाममै कुहिएपछि नगरपालिकाको कार्यालय तोडफोड गरे । राहतको चामललगायत खाद्यान्न गोदाममै कुहिएपछि नगरपालिकाले रातमा खाल्डो खनेर पुरेको थियो । उक्त राहत सामग्री प्रदेश सरकारले पठाएको भनिएको थियो । तर नगर प्रमुख धर्मेन्द्र पटेलले प्रदेश सरकारले दिएको राहत वितरण गरिसकेको दाबी गर्नुभयो । उहाँले नगरपालिका आफैंले विपन्नका लागि खरिद गरेको खाद्यान्न मात्रै कुहिएको बताउनुभयो ।

खाद्यान्न कुहिएर गाडेको घटना सार्वजनिक भएपछि नगर प्रमुख पटेल र नगर कर्मचारीलाई कार्यालयभित्रै थुनेर ढुंगामुढा र तोडफोड गरिएको थियो । स्थानीयको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । पटेलले गोदाममा राखिएको करिब ४ सय बोरा चामलमध्ये २० बोरा मात्रै पानीले भिजेर कुहिएको बताउनुभयो। उक्त खाद्यान्न स्थानीय संग्रहालयमा भण्डारण गरिएको थियो ।

घरेलु कार्यालयका प्रमुख झाले जिल्लाभरिका पालिकाले कति राहत बुझेर लगे र वितरण गरे भन्ने तथ्यांक संकलन भइरहेको बतानुभधयो । अझै पनि केही पालिकाले राहतको खाद्यान्न वितरण नगरेको उहाँको दाबी छ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स