Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b095e6-5652c.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349
गण्डकी, लुम्बिनी र प्रदेश २ का प्रदेश प्रमुख फेरिँदै - Palika TV
Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b095e6-5652f.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349

Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b095e6-56530.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349
22.1 C
Kathmandu
Sunday, May 26, 2024
No menu items!
spot_img
No menu items!

गण्डकी, लुम्बिनी र प्रदेश २ का प्रदेश प्रमुख फेरिँदै

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं । सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्न खोजेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

प्रदेश २ मा राजेश झा अहिराज, गण्डकीमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादव प्रदेश प्रमुख छन् । प्रदेश २ मा तत्कालिन प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेर गत फागुन ७ गते अहिराज प्रदेश प्रमुख नियुक्त भएका थिए । त्यस्तै गण्डकी प्रदेशमा तत्कालिन प्रदेश प्रमुख अमिक शेरचनलाई बर्खास्त गरेर गत वैशाख २० गते पौडेल प्रदेश प्रमुख नियुक्त भएकी थिइन् ।

लुम्बिनी प्रदेशमा भने यादव २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए । संविधान निर्माणसँगै प्रदेश संरचना बनेपछि तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेको थियो । तर प्रतिनिधिसभा निर्वाचनपछि केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि उनले त्यतिबेलाका सातैजना प्रदेश प्रमुख फेरेका थिए । प्रदेश प्रमुखको नियुक्ति मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स