24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

इजरायलमा ‘केयरगिभर’का लागि आवेदन खुल्यो, मासिक कमाइ दुई लाख

इजरायलमा केयरगिभरका लागि आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै २१ दिनभित्र विभागको वेभसाइट http://ferms.dofe.gov.np मा अनलाइन आवेदन दिन सक्ने जनाएको छ।

इजरायलले पहिलो चरणमा एक हजार कामदार लैजाने भएको छ। जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने विभागले जनाएको छ।

मासिक तलब लगभग एक हजार छ सय अमेरिकी डलर (एक लाख ८८ हजार भन्दा बढी नेपाली रुपैयाँ) हुने उल्लेख गरिएको छ।

जसमा ओभर टाइम र सेवासुविधा इजरायली सरकारको नियमअनुसार हुने छ। काम हप्तामा छ दिन गर्नुपर्नेछ। खाने खर्च कामदार आफैँले व्यवस्था गर्नुपर्नेछ।

बस्ने सुविधा भने रोजगारदाताले विदेशी कामदार सम्बन्धी नियमअनुसार व्यवस्था गर्ने उल्लेख गरिएको छ।

केयरगिभरमा जान के–के योग्यता चाहिन्छ?

– नेपाली नागरिक २५ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको।

– उचाई कम्तिमा एक दशमलव पाँच मिटर (चार दशमलव नौ फिट)।

– तौल ४५ केजी।

– शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धि विषयमा १५ महिनाको अध्ययन पूरा गरेको अथवा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त प्रशिक्षण केन्द्रमार्फत तालिम लिएको।

– अंग्रेजी भाषामा दक्ष।

– शारीरिक तथा मानसिक रुपमा स्वस्थ र असल चरित्र भएको।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स