29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

अमेरिकाले उपलब्ध गराउने १५ लाख खोप सोमबार नेपाल आइपुग्ने

काठमाडौं । एक खोप लगाए पुग्ने भनिएको कोरोनाविरुद्धको १५ लाख डोज खोप अमेरिकीबाट आगामी सोमबार नेपाल आउने भएको छ । अमेरिकाले जोन्सन एन्ड जोन्सन खोप निःशुल्क रुपमा नेपाललाई सोमबार उपलब्ध गराउन लागेको हो ।

नेपालस्थित अमेरिकी राजदूतावासले शुक्रबार खोप नेपालमा आउनेबारे जानकारी दिएको थियो । नेपालमा कोरोना संक्रमण दर फैलिएसँगै नेपाल सरकारले अमेरिकालाई खोप सहयोगको लागि आग्रह गरेको थियो ।

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेर नै नेपाललाई खोप सहयोगको लागि आग्रह गर्नुभएको थियो ।

यसअघि सुरुमा सन् २०२२ सम्म खोपको आश नगर्न अमेरिकाले भने पनि पछि नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको जनाएको थियो । स्वास्थ्य मन्त्रालयले अमेरिकी सरकारसमक्ष ५० लाख जोन्सन एन्ड जोन्सन खोप खरिदको लागि लेखेको पत्रबारे भने खरिदको काम अझैँ अन्यौलमा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स