29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मुलुकभर थप २ हजार १६९ जनामा कोरोना पुष्टि, २२ जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४ सय १७ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ३२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख १८ हजार ३ सय ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ४ सय १७ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३६ लाख ४१ हजार ३४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ३६२ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स