29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

आज पनि देशभर सामान्यदेखि धेरै ठूलोसम्म वर्षा हुने सम्भावना

काठमाडौँ । आज आइतबार पनि देशका धेरै स्थानमा सामान्यदेखि ठूलोसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले पनि देशका विभिन्न स्थानमा पानी परिरहेको छ भने दिउँसो प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भने मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै राति पनि प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा प्रदेश १,२, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ । साथै यी प्रदेशका एक दुई ठाउँमा धेरै भारी वर्षासमेत हुने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे मौसम पूर्वानुमान बुलेटिनसँगै आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गर्दै  देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स