Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b15f53-37433.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349
धादिङमा पहिरो जाँदा पाँच गाडी पुरियो, दुई जनाको मृत्यु - Palika TV
Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b15f53-37436.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349

Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b15f53-37437.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349
25.1 C
Kathmandu
Sunday, May 26, 2024
No menu items!
spot_img
No menu items!

धादिङमा पहिरो जाँदा पाँच गाडी पुरियो, दुई जनाको मृत्यु

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको हो । प्रजा सोही ट्रकमा मृत फेला परेका हुन् भने सोनीको आज बिहान उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्सपेक्टर रन्जन अवाले जानकारी दिए ।

पहिरोमा बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको ट्रक पुरिएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घटनास्थलमा उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय बेनीघाटबाट डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । स्थानीय सरकार र सडक विभागको टोली पनि खोज तथा उद्धारमा खटिएको प्रहरीले जनाएको छ ।

 

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स