24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

तनहुँमा बाढीपहिरोको वितण्डा : दुई जनाको मृत्यु, २६ परिवार विस्थापित

तनहुँ । बुधबार रातीदेखि परेको अविरल वर्षाका कारण तनहुँमा पहिरोले घर पुरिएर २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन । बन्दीपुर गाउँपालिका वडा नम्बर २ तामुङकी ७२ वर्षीया हरिमाया सार्की र करिब ३२ वर्षीया सरस्वती थापाको मृत्यु भएको हो ।

पहिरोमा परी थापाका आफन्त ६६ वर्षीय दिलबहादुर थापामगर, ५८ वर्षीया दाउरीमाया थापामगर र २६ वर्षीय सुवास थापा मगर घाइते भएका छन । घाइतेहरुको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

बन्दीपुरकै ५ नम्बर वडामा पनि ३ घर पहिरोले पुरिएका छन भने ८ घर विस्थापित भएको छ । १ नम्बर वडामा पनि ८ वटा घर पुरिएका छन । १८ भन्दा बढी घर विस्थापित भएका छन । बन्दीपुरकै तल्लोडुम्रे बजार क्षेत्रमा बाढीका कारण बजार नै डुबानमा परेको छ । बाढी, पहिरोका कारण सडक बगाउँदा वडा कार्यालय जाने अवस्था नै नरहेको बताइएको छ

तनहुँकै व्यास नगरपालिकाको छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाइदिएको छ । व्यास १ र १३ जोड्ने पक्की पुल बाढीले बगाएका कारण आवतजावत ठप्प छ । जिल्लाका धेरैजसो स्थानमा पहिरोले ग्रामीण सडक अवरुद्ध बनेका छन् । सयौँ घर जोखिममा छन् । हजारौँ हेक्टरमा लगाइएको धानबालीमा बाढीले क्षति पु¥याएको छ ।

निरन्तर वर्षाका कारण अझै क्षति हुन सक्ने भएकाले चनाखो बन्न प्रशासनले अनुरोध गरेको छ । तनहुँ हुँदै बग्ने सेती, कालीगण्डकी, मादी, मस्र्याङ्दी नदीमा पानीको वहाब बढेको छ । साना खहरे खोलामा बाढी आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स