29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

राष्ट्रपति भण्डारीले राष्ट्रिय सभामा सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने हुनुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजबाट सुरू हुन लागेको अधिवेशनको दौरान राष्ट्रपतिले सम्बोधन गर्ने कार्यव्यवस्था परामर्श समिति बैठकमा जानकारी दिएका दिनुभएको हो तर सम्बोधनको मिति टुङ्गो भएको छैन ।

राष्ट्रपतिको सम्बोधनका लागि सरकारले राष्ट्रपतिलाई सिफारिस गर्नुपर्छ । राष्ट्रपति कार्यालयको पत्र प्राप्त भएपछि सम्बोधनको मिति राष्ट्रिय सभा बैठकबाट तोकिनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेसम्म राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्नुभएको छैन । उहाँले यसअघि संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ । संविधानको धारा ९५ मा राष्ट्रपतिले संसदमा सम्बोधन गर्न सक्ने प्रावधान राखिएको छ ।

संसद सचिवालयले राष्ट्रपतिको सम्बोधनका लागि सिटहरूको व्यवस्थापन गरिसकेको जनाएको छ । राष्ट्रिय सभा बैठक हल भित्रको बार हटाइएको छ । संसद सचिवालयले सामाजिक दुरी कायम राखेर सम्बोधन गराउन सक्ने गरी सचिवालयले व्यवस्था गरेको जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स