29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मेलम्ची खोलाको बहाव फेरि बढ्यो, सतर्क रहन प्रशासनको आग्रह

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा पर्ने मेलम्ची खोलाको बहाव बढेको छ । मेलम्चीको बाढीले केही दिन अघिमात्र ठूलो क्षति व्यहोरेका स्थानीयवासी फेरि आएको बाढीबाट त्रसित बनेका छन । बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्रहरीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

यही असार १ गते र असार ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमीनसमेत अहिलेको वर्षाले कटान गरिरहेको स्थानीय बताउँछन ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका शेर्माथाङ्ग, धाप र चौतारा वर्षामापन केन्द्रमा बुधबार बेलुकादेखि लगातार मध्यमदेखि भारी वर्षा मापन भएको छ । सो क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले मेलम्ची बजार लगायतका तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स