24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

२ महिनादेखि बन्द रहेको आन्तरिक हवाई उडान आजदेखि सुचारु

काठमाडौँ । निषेधाज्ञाका कारण २ महिनादेखि बन्द रहेको आन्तरिक हवाई उडान आजदेखि पुनः खुला गरिएको छ । नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान हुने गरी हवाई उडान सञ्चालन गर्न दिने निर्णय गरेसँगै उडान सुचारू हुन थालेका हुन ।

कोरोना संक्रमण बढेपछि नियन्त्रणका लागि गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा सुरू भएको थियो भने वैशाख २० गतेदेखि आन्तरिक उडान समेत बन्द गरिएको थियो । उक्त उडान बिहीबारबाट बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्र गर्न पाउने नियमसहित प्राधिकरणले वायुसेवाको उडान तालिका बुधबारै स्वीकृत गरिसकेको छ ।

सरकारको आदेशअनुसार नै उडान सुचारू गर्न लागेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार एक दिनमा ६४ वटासम्म उडान भर्न पाउनेछन । जसमध्ये बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन र नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअरले दुई दैनिक उडान गर्न पाउनेछन ।

आन्तरिक उडानका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायतले जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गर्दै सङ्क्रमण रहित उडानमा जुटेको जनाएका छन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कुल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्नेगरी आन्तरिक उडान सञ्चालन गर्न नियामक क्यानलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स