26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

बारामा जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई जना मजदुरको मृत्यु,तीन जना घाइते

बारा । बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा फर्निस आयल राखेको ट्याङकी पड्किएर आगलागी हुँदा दुई जना मजदुरको मृत्यु भएको छ । मृतक दुवै भारतीय नागरिक हुन् । भारतको बिहार घर भएका ४० वर्षीय प्रदीप गोढ र ४५ वर्षीय रामनाथ महतोको मृत्यु भएको हो । अन्य तीन जना घाइते छन् । शनिबार राति करिब ८ बजेको समयमा भएको दुर्घटनामा उद्योगमै कार्यरत राजकुमार बिक, इन्द्रप्रसाद अधिकारी र नवराज चौलागाई घाइते भएका हुन ।

घाइतेको तराई सिमरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था समान्य रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । ट्याङ्की पड्किएपछि उद्योगमा आगलागी पनि भएको थियो । जितपुर सिमरा उपमहानगरपालिका र नेपाल आयल निगमको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।समयमै आगलागी नियन्त्रणमा लिएको छेउमै रहेको अर्को फर्निस आयलको ट्याङ्कीमा क्षति हुन पाएन ।

उद्योगमा फलाम तताउने भट्टी छेउमा रहेको फर्निस आयलको ट्याङ्की पड्किएर आगलागी भएको उद्योगका मजदुर युनियनका सचिव दीपक कार्कीले जानकारि दिनुभयो । उद्योगमा आयल निगममा जस्तै फर्निस आयलको ट्याङकीहरु रहेको र लामो समय बन्द भएकोले मर्मत गर्न मजदुर जाँदा ट्याङकीमा ग्याँस बनेर बसेकाले ढक्कनमा टेक्ने वित्तिकै विष्फोट भएको कार्कीको भनाइ छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स