26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई स्वास्थ्यमा समस्या, दिल्ली लगिँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिने भएको छ।

स्वास्थ्यमा सुधार नभएको र कतिपय रिपोर्ट दिल्लीबाट आउन ढिला हुने भएका कारण नेता खनाललाई थप उपचारका लागि भारत लैजान लागिएको नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए।

विगत नौ दिनदेखि ज्वरो आइरहेको छ । चिकित्सककै सल्लाहमा दिल्ली लैजाने तयारी गरिएको उनले जानकारी दिए। खनाललाई यसअघि कोरोना संक्रमण भएको र त्यसकै असरसमेत भएको हुनसक्ने चिकित्सकहरुले बताएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि नेता खनाल सोमबार नर्भिक भर्ना भएका थिए।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स