24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

बगुंर पालनबाट मनग्य आम्दानी

दाङ । दाङ दंगिशरण गाउँपालिका ५ सलौराका मिलन बंगुर समुहका किसानहरुले बंगुरपालन बाट राम्रो आम्दानी गर्न थालेका छन् ।
सात जना युवाहरु मिलेर समुह निर्माण गरि हरेक सदस्यले अनिवार्य व्यवसायिक रुपमै बंगुर पालन गर्ने गरेका हुन । समुहका सदस्यहरुले बंगुरका पाठापाठी बेचेर कुल २० लाख बढि आम्दानी गरेको जनाएका छन । मिलन बंगुर समुहका अध्यक्ष हिरालाल चौधरीका अनुसार समुहका सदस्यहरुको कुल बंगुरका माउ १२६ रहेका छन भने पाठापाठी २४९ रहेको छ । समुहमा १३ वटा विर भाले पनि रहेका छन् ।

१ वटा बंगुरको पाठापाठीलाई ५ हजारका दरले विक्रि गर्दै आएका उनिहरुले ४ सय बढि पाठापाठी विक्रि गरिसकेको जानकारी दिए । समुहले बंगुर उत्पादन र विक्रि राम्रो गर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले उक्त समुहमा बंगुर मिसन कार्यक्रम नै संचालन गरेको केन्द्रका प्रमुख डा. बेद बहादुर केसीले जानकारी दिए ।

बंगुर मिसन कार्यक्रमका लागी भेटेरिनरी अस्पतालले १२ लाख ६० हजार अनुदान स्वरुप समुहलाई दिएको छ । बंगुर मिसन कार्यक्रममा कुल १५ लाख लगानी लागेकोमा २५ प्रतिशत लागत सहभागीका रुपमा समुहले लगानी गरेको हो । बंगुर मिसन कार्यक्रम आएपछि समुहका सदस्यहरुले खोरलाई थप व्यवस्थित बनाएका छन ।

५ वटा नयाँ खोर र २ वटालाई मर्मत सम्हार गराएका छन । समुहका सदस्यहरुले १५ देखि १५० बढि सम्म प्रतिव्यक्ति बंगुर पालन गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स