24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

‘निषेधाज्ञा खुल्ने वित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्नु’

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले लकडाउन खोल्नवित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन्। मन्त्री नेम्वाङले पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखसँग सोमबार छलफल गर्ने क्रममा रेल विभागलाई लकडाउन खुल्न वित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पुरा गर्न निर्देशन दिएका हुन्।

नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा आउनुपर्ने उनले बताए। ‘रेल सञ्चालनका लागि अध्यादेश पनि जारि भएको छ ।
मन्त्री नेम्वाङले पानीजहाज सञ्चालनका लागि तयारी गर्न तथा नदीनालामा सम्भाव्यता अध्ययनको काम अघि बढाउन पानीजहाज कार्यालयलाई पनि निर्देशन दिएका छन्।

मन्त्री नेम्वाङले पानीजहाज सञ्चालनको निम्ति रुट बनाउँदा खुवालुङको ढुंगाको संरक्षण गर्नेकुरा पनि स्पष्ट पारे। खुवालुङको सम्बन्धमा उठेका जनआवाजलाई ध्यान दिने उनको भनाई छ । त्यसलाई ध्वस्त पारेर, नष्ट पारेर गर्न नखोजेको कुरा स्पष्ट पार्न पनि उनले निर्देशन दिए।

आगामी दिनको कार्यायोजना स्पष्ट रुपमा बनाएर काममा लाग्न पनि उनले पानीजहाज कार्यालयलाई निर्देशन दिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स