19.1 C
Kathmandu
Saturday, April 13, 2024
spot_img

सभामुखद्धारा आज बैठक आह्वान, प्रधानमन्त्री नजाने

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने भएका छन् । सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् ।

सभामुखको सचिवालय अनुसार बुधबार नै सबै नेताहरुलाई बैठकमा सहभागी हुन पत्र पठाइसिकएको छ । बैठक दिउँसो २ बजेका लागि संसद भवनको ल्होत्से हलमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री ओली भने सहभागी नहुने प्रधानमन्त्रीको सचिवालयका एक नेताले बताए ।

सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनपछिको अवस्था तथा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न पूर्वप्रधानमन्त्रीसहित सबै दलका नेतालाई बोलाएका हुन् ।

यसअघि सभामुख सापकोटाले सभामुख सापकोटाले पूर्वसभामुखहरुसँगै कानूनविदहरुसँग समेत छलफल गरेका थिए । शीर्ष नेताहरुसँगको छलफलपछि सभामुख सापकोटाले पत्रकार र नागरिक समाजका अगुवाहरुसँग छलफल गर्ने तयारी गरेका छन् ।

 

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स