27.1 C
Kathmandu
Tuesday, September 26, 2023

यसरि सुरु भयो रुकुम पूर्वमा आयुर्वेद स्वास्थ्य केन्द्र……

काठमाडौं । रुकुम पूर्वमा आर्युवेद स्वास्थ्य केन्द्रको सेवा सुरु भएको छ । रुकुम जिल्ला छुट्टीएको ६ वर्षपछि पूर्वी रुकुममा पहिलोपटक आर्युवेद स्वास्थ्य केन्द्रको सुरुवात भएको हो ।
लुम्विनी प्रदेशको मातहत रहने गरि रुकुम पूर्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालयको मातहतमा रहने गरि केन्द्रको स्थापना गरिएको हो । केन्द्रले कार्यालयबाट सेवा सुरु गरेको छ । लुम्विनि प्रदेशको सामाजिक विकास मन्त्रालयले गत फागुनमा कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । आर्युवेद स्वास्थ्य केन्द्रलाई व्यवस्थीत बनाउने सन्दर्भमा लुम्बिनी प्रदेशको निति तथा कार्यक्रममा समेटिएको छ । सात जनाको दरबन्दी रहेको केन्द्रमा हाल एक आयुर्वेद चिकित्सक एक कविराज कार्यरत रहेका छन् ।
केन्द्रका चिकित्सका डा.गणेश अधिकारीका अनुसार २३ प्रकारका निशुल्क औषधि उपलब्ध गराइनेछ । नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि व्यक्ति, परिवार, समाजलाई जिम्मेबार बनि ‘मेरो स्वास्थ्य मेरो जिम्मेबारी’ को भावनालाई आत्मसाथ गर्दै स्वस्थ खानपान र जिबन शैलि सम्बन्धि परामर्श सेवा दिइने डा. अधिकारीले बताए । यस्तै केन्द्रले रोगको रोकथामका लागि सचेतनाका कामहरु प्नि गर्नेछ । आयुर्वेद विभागबाट प्रकाशित गरिएको कोभिड १९ रोकथामका उपाय तथा व्यवस्थापनका लागि आर्यूवेद तथा वैकल्पिक चिकित्सा सम्वन्धि निर्देशीका अनुसार रोग प्रतिरोधात्मक क्षेमता बढाउने आर्युवेदिक औषधिहरु बितरण गरिनेछ । संक्रमितहरुमा देखिने लक्षणहरु कम गर्ने आयुर्वेदिक औषधिहरु निशुल्क वितरण गरिने केन्द्रले जनाएको छ । यस्तै, आयुर्वेद चिकित्सक वा स्वास्थ्यकर्मीद्धारा ओपीडि सेवा र आयुर्वेदिक थेरापि उपलब्ध गराइनेछ ।

कार्यालयबाट प्रवाह गर्ने सेवाका बारेमा आयोजित कार्यक्रममा बोल्दै पूर्व मन्त्रि कमला रोकाले केन्द्रको सेवाबाट रुकुम पूर्वका नागरिक लाभान्वित भएको बताइन् । उनले रुकुम पूर्वमा जटिबुटि प्रशस्त पाइने भन्दै त्यसको उपयोगमा ल्याउन पहल गर्ने बताइन् । यस्तै, सिस्ने गाउँपालीकाका अध्यक्ष कुमारी बरालले आयुर्वेदको विकासका लागि पालीकाले योजनामै समेट्ने बताइन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स