29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कास्कीका गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर

काठमाडौं । कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । काठमाडौँको बोधि सत्वा विहार र सामाजिक अभियन्ता शान्त शर्माको सहयोगमा कोरोनाको दोस्रो लहर रोकथाम र सङ्क्रमण न्यूनीकरणमा क्रियाशील स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

कोरोना सङ्क्रमित बिरामीको प्राथमिक उपचार गाउँमै गर्ने गरी जिल्लाका चार वटै स्थानीय तहले अक्सिजन सुविधा सहितको आइसोलेसन अस्पताल सञ्चालनमा ल्याएका छन् । जिल्लाका रुपा, अन्नपूर्ण र मादी गाउँपालिकालाई शुक्रबार पाँच÷पाँच लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको पोखरा संयोजक दीननाथ बरालले बताए ।

कन्सन्ट्रेटर सहित अक्सोमिटर, मास्क, थर्मल गन, प्रेसर नाप्ने मेसिन, सेनिटाइजर, ह्याण्डवास, फिनेल, स्प्रे मेसिन लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको थियो । अक्सिजन अभाव भएको अवस्थामा अक्सिजन कन्सन्टेटर सहितको स्वास्थ्य सामाग्री प्राप्त गर्दा ठूलो राहत महसुश भएको मादी गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स