27.1 C
Kathmandu
Tuesday, September 26, 2023

हेलो ! आइसोलेसन बेड चाहिएको थियो ? कल गर्नुस ११८० मा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र कुन आइसोलेसन सेन्टरमा कति बेड खाली छन् ? हटलाइन ११८० बाट थाहा पाउन सकिन्छ । १४ वटा आइसोलेसन सेन्टरका २५ एचडीयु, २८६ अक्सिजनसहितका वेड र २६३ साधारण ५७४ आइसोलेसन वेडका बारेमा महानगरमा दैनिक विवरण अद्यावधिक हुने गरेको छ । यी विवरणका आधारमा हटलाइनबाट सूचना दिने प्रबन्ध मिलाइएको हो ।

महानगरमा सूचना दिने आइसोलेसन सेन्टरहरुमा शारदा सेकेण्डरी स्कूल, तिलगंगा, रत्न राज्य स्कूल, बानेश्वर, जैन भवन र अग्रवाल भवन कमलपोखरी, राधास्वामी आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर, निःशुल्क कोविड आइसोलेसन, गौशाला, क्याम्पेन कलेज, गहना पोखरी, वडा ३० आइसोलेसन सेन्टर, बुद्धमाइ हस्पिटल, टेकु, कोविड आइसोलेसन सेन्टर, गोर्खा अस्पताल, आनन्दकुटी विद्यापीठ, स्वयम्भू, शान्ति निकुञ्ज, भीमसेनस्थान, नरदेवी आयुर्वेदिक अस्पताल, नरदेवी टेवहाल, संकटा छन् ।

यीमध्ये राधास्वामी कोविड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर र नरदेवी आयुर्वेदिक अस्पतालका आइसोलेसन महानगरको सहयोगमा सञ्चालन भएका हुन् । यी आइसोलेसनका अतिरिक्त महानगरले छत्रपाटी निःशुल्क चिकित्सालयलाई विशेष कोभीडड अस्पतालका रुपमा सञ्चालन गरेको छ ।

अन्य सेन्टरहरु महानगरसँगै संघीय संसद, प्रदेश सभा सदस्य तथा सहयोगी र दाताहरुको सहयोगबाट वडाहरुले संयुक्त तथा एकल व्यवस्थापनमा सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स