26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

राष्ट्रपति निर्वाचनमा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने तयारीमा दलहरु

काठमाडौं । राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयनको दिन नजिकिंदै गर्दा संसद्‍मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूको सक्रियता निकै बढेको छ । राष्ट्रपति निर्वाचनकै सन्दर्भमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छलफल सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ । कांग्रेस सभापति देउवासहितका नेताहरूले तत्कालीन पाँच दलीय गठबन्धनका सबै दलका नेताहरूसँग चरणबद्ध छलफलपछि विगतको पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने सहमति बनाउनुपर्ने बताएका हुन् ।

राष्ट्रपति निर्वाचनमा विगतमा नेपाली कांग्रेस नेतृत्वमा बनेको पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने विषयमा गहन रुपमा छलफल भएको नेताहरुको भनाइ छ । वरिष्ठ नेता पौडेलले चार दलबीच धेरै विषयमा कुरा भएको बताउदै अब फेरि एक ठाँउमा बसेपछि सहमतिको खाका तयार हुने जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटअघि कांग्रेस सभापति देउवाले नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग राष्ट्रपति निर्वाचनकेन्द्रित छलफल गर्नुभएको थियो ।

छलफलमा सहभागी एकीकृत समाजवादीका महासचिव डा। वेदुराम भुसालले कांग्रेससँगको बैठकमा संविधान र लोकतन्त्रको रक्षार्थ उभिएका शक्ति एक ठाउँमा उभिएर राष्ट्रपति निर्वाचनमा जाने समझदारी भएको बताउनुभयो ।

उहाँले संविधान र लोकतन्त्र पक्षधर शक्तिबीच हुँदै आएको सहकार्यलाई निरन्तरता दिने विषयमै छलफल भएको जानकारी दिनुभयो । सत्ताको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०ले आफ्नो तर्फबाट उम्मेदवार नउठाए पनि राष्ट्रिय सहमतिका आधारमा सर्वस्वीकार्य व्यक्तिको खोजी गरिरहेको छ ।

माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपतिको निर्वाचनमा जानुपर्ने निष्कर्ष निकालेको छ । संसद्को पहिलो दल नेपाली कांग्रेसले प्रतिपक्षी दलहरूसँग छलफल चलाइरहेको छ ।

राष्ट्रपति पदमा आफ्नै पार्टीका उम्मेदवारलाई जिताउने रणनीतिका साथ कांग्रेसले छलफल अघि बढाएको छ । सत्ता साझेदार नेकपा ९एमाले०ले भने सरकार गठनका क्रममा पुस १० गते भएको समझदारीअनुसार राष्ट्रपति पद आफूले पाउनुपर्ने अडान लिइरहेको छ । राष्ट्रपतिको निर्वाचनलाई लिएर प्रधानमन्त्री र नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीबीच पनि हिजो भेट भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स