24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

उपत्यकामा निषेधाज्ञा खुकुलो पार्नेबारे छलफल हुँदै, के आउला निर्णय ?

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्नेबारे छलफल हुने भएको छ। यसका लागि उपत्यकाका तीन वटै जिल्लाका सिडिओहरूबीच मंगलबार दिउँसो ४ बजे छलफल हुने तय भएको छ।

पछिल्लो समय संक्रमण दर घटिरहेकाले जारी निषेधाज्ञालाई खुकुलो पार्न सकिनेबारे छलफल हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले सेतोपाटीलाई जानकारी दिए। ‘पछिल्लो समयको अवस्था हेर्दा निषेधाज्ञा केही खुकुलो पार्ने हो कि भन्ने लागेको छ। त्यसका लागि आज छलफल हुँदैछ। स्वास्थ्य मन्त्रालयका अधिकारीसँग पनि आवश्यक परामर्श लिएर निर्णय गर्छौं,’ उनले भने।

कतिपय विज्ञले समेत संक्रमण दर घटेकाले असारबाट निषेधाज्ञा खुकुलो पार्न सकिने सुझाएका छन्। निषेधाज्ञालाई लम्बाइराख्दा सर्वसाधारणको दैनिक जीवनयापन कठिन हुने भन्दै संक्रमणलाई नियन्त्रण गर्दै निषेधाज्ञालाई समेत खुकुलो पार्दै लानुपर्ने उनीहरूको राय छ।

यसअघि उपत्यकामा थपिएको एक साता निषेधाज्ञा जेठ २० गते सकिँदैछ। उक्त निषेधाज्ञामा भने खाद्यान्न पसल समेत बन्द गर्ने निर्णय गरिएको थियो। त्योभन्दा अगाडि निषेधाज्ञा भए पनि खाद्यान्न पसललाई समेत बिहान ९ बजेसम्म खोल्न दिइएको थियो। तर खाद्यान्न पसल खोल्दा झन् भिडभाड भएको भन्दै त्यसलाई बन्द गर्ने निर्णय गरिएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स