29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

जनशक्ति अभावले आईसीयू र भेन्टिलेटर थन्किए

म्याग्दी । म्याग्दी सदरमुकामस्थित बेनी अस्पतालमा स्थापना गरिएको सघन उपचार कक्ष ९आईसीयू० र भेन्टिलेटर पूर्णरूपमा प्रयोगमा आउन सकेको छैन । जनशक्ति अभावका कारण गम्भीर बिरामीको उपचार गर्न गत असारमा स्थापना गरिएको आईसीयू सञ्चालन गर्न समस्या भएको हो । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत अस्पतालमा दुई वटा भेन्टिलेटरसहित पाँच शय्याको आईसीयू कक्ष स्थापना गरिएको थियो ।

दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमितरूपमा आईसीयू सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । गण्डकी प्रदेश सरकारमातहत रहेका अस्पतालमा भेन्टिलेटरसहितको आईसीयू कक्ष बनाउने निर्णयबमोजिम म्याग्दीमा गत असारमै दुई भेन्टिलेटर र पाँच शय्याको आईसीयू मेशिन तथा उपकरण र सामग्री खरिद गरी जडानसमेत भएको थियो ।

प्रदेश सरकारमार्फत रु एक करोड ७८ लाख बजेट विनियोजन भएकोमा बोलपत्रमार्फत रु एक करोड २५ लाखमा आईसीयू र भेन्टिलेटरको उपकरण र सामग्री खरिद गरिएको अध्यक्ष कटुवालले जानकारी दिए ।

आईसीयू कक्ष नियमितरूपमा सञ्चालन गर्नका लागि कम्तीमा एकरएक जना इन्टरनल मेडिसिन र बेहोस बनाउने डाक्टर ९एनएस्थिसियोलोजिस्ट० आवश्यक पर्ने भए पनि सो जनशक्ति नरहेकाले नियमित सञ्चालनमा ल्याउन नसकिएको अध्यक्ष कटुवाल बताउँछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स