29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

नेपालगञ्जका मेयर राणाले उपनिर्वाचनमा भोट किन हालेनन् ?

काठमाडौं । नेपालगञ्जका मेयर धवलशमशेर राणाले आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा भोट नहाल्ने भएका छन्।

बिहान ९ बजेदेखि लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका लागि उपनिर्वाचन भइरहेको छ। मेयर राणा पनि उक्त निर्वाचनमा मतदाता छन्।

तर उनले आफ्नो प्राथमिकतामा अहिले निर्वाचन नभएको बताए ।

‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन,’ उनले फेसवुकमार्फत् भनेका छन्, ‘मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु, धन्यवाद।’

अहिलेसम्म १२२ जनाले लुम्बिनीमा मतदान गरिसकेका छन्। आजै मतपरिणाम आउने निर्वाचन आयोगले जनाएको छ।

नेकपा एमाले र नेपाली कांग्रेससहित गठबन्धनबाट यहाँ दुई जना उम्मेदवार छन्।

राणा २०७४ सालमा भएको चुनावमा राप्रपाबाट उम्मेदवार भई मेयर जितेका थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स