24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

पाँचदिनभित्र चिनबाट १० लाख मात्रा भेरोसिल खोप आउने

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप ल्याउने कार्यलाई अघि बढाएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार २० जेठसम्म चिन सरकारले अनुदानमा दिने भनेको १० लाख मात्रा भेरोसेल खोप नेपाल आइपुग्ने छ ।
कोभिड–१९ विरुद्धको १० लाख मात्रा भेरोसिल खोप आगामी २० जेठसम्म आइपुग्ने छ ।

परराष्ट्र मन्त्री ज्ञवालीले चिनबाट ५० लाख मात्रा, अमेरीकाबाट ५० लाख मात्रा र भारतबाट १७ लाख मात्रा खोप माग गरी परीपत्र गरीएको छ । परराष्ट्र मन्त्री ज्ञवालीले अमेरीकामा अस्ट्रेजेनिकाको खोप स्टकमा रहेकाले अमेरीकी विदेश उपमन्त्रीसंग खोप उपलब्ध गराउन आग्रह गरीएको र प्रकृया झण्झटीलो भएकाले केहि ढिलो हुनसक्ने देखिएको बताए । सन् २०२१ भित्र आम नागरीकलाई खोप लगाउने गरी सरकार अघि बढीरहेको मन्त्री ज्ञवालीले बताए ।


यस्तै भारत सरकारलाई १७ लाख कोभिसिल्ड खोप उपलब्ध गराउन सहजीकरणका लागि पत्राचार गरिएको छ । सरकारले अमेरिकी खोप निर्माता कम्पनी जोन्सोनसँग ५० लाख र चिनियाँ खोप उत्पादक सिनोफार्मसँग ५० लाख डोज खरिदका लागि प्रस्ताव पठाइसकेको छ । मन्त्री ज्ञवालीले भने, ‘कोभ्याक्स अन्तर्गत नेपालले १९ लाख मात्रा खोप गत मार्चसम्म पाइसक्नुपर्ने थियो । हालसम्म कोभ्याक्स मार्फत् तीन लाख ४८ हजार मात्रा खोप प्राप्त भएको छ । कुटनितिक पर्यत्नहरुलाई जारी राखिएको छ ।’
विभिन्न मुलुकसंग खोप खरीद वा अनुदानको विषयमा कुरा भइरहेको भन्दै साता दश दिन भित्र खोपको विषयमा ‘ब्रेक थु्र’ हुने बताए । खोपका लागि ३६ अर्ब बजेटको स्रोत सुनिश्चित गरीएको छ । सरकारले चीनको भेरोसेल, रुसको स्पुतनिक भी, अमेरिकाको जोन्सन एण्ड जोन्सन र बेलायतको अस्ट्राजेनेकाको खोप प्राप्तिका लागि पहल गर्दै आएको छ ।


स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले दोस्रो डोज खोप लगाउने समयअबधिका विषयमा छिट्टै निक्र्योल गरीने बताए । उनले भने, दोस्रो मात्रा कहिले लगाउने ? भन्ने बारे छिट्टै निर्णय हुन्छ । खोप अभाव भएकै कारण १२ हप्ता भित्र लगाउनुपर्ने कोभिसिल्ड खोपको लगाउने समय घर्किएको हो । ’ हालसम्म अनुमानीत चार लाख ५० हजार नागरीकले खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स