24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

बजेटको आकार बढ्यो, चालु र पूँजी खर्च निकै कम

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि १०.५० प्रतिशतले बढि बजेट विनियोजन गरेको छ । गत वर्ष कुल १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन गरेको सरकारले यस पटक १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट छुट्याएको हो । उता वार्षिक बजेटको आकार बढि रहँदा यता चालु खर्च र पुँजीगत खर्च भने सरकारले गत वर्ष भन्दा पनि कम विनियोजन गरेको छ ।

गत वर्ष चालू तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड बजेट छुट्याएको सरकारले यस पटक ६ खर्ब ७८ अर्ब ६१ करोड मात्र छुट्याएको छ । त्यस्तै, पूँजीगत खर्च तर्फ गत वर्ष ३ खर्ब ५२ अर्ब ९१ करोड छुट्याएको सरकारले यस पटक ३ खर्ब ४७ अर्ब २६ करोड विनियोजन गरेको छ । यो भनेको गत वर्षको तुलनामा १ दशमलब ६० ले कम हो ।

यता वित्तीय व्यवस्थापनमा गत वर्ष कुल बजेटको २३.९ प्रतिशत अर्थात् १ खर्ब ७२ अर्ब ७९ करोड छुट्याएको सरकारले यस वर्ष कुल बजेटको १२.६ प्रतिशतले हुन आउने २ खर्ब ७ अर्ब ९७ करोड छुट्याएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स