27.1 C
Kathmandu
Tuesday, September 26, 2023

बजेट स्वास्थ्यमा केन्द्रित,खोप व्यवस्थापनमा २६ अर्ब बिनियोजन

काठमाडौं । सरकारले आगामी आर्थीक वर्षमा कार्यान्वयन हुने बजेट स्वास्थ्यमा केन्द्रित गरेको छ । स्वास्थ्य क्षेत्रमा १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ छुट्याएको छ । बजेटको अंकको आधारमा आगामी आर्थिक वर्षमा चालु आर्थिक वर्षमा भन्दा ३२ अर्बभन्दा बढी हो । चालु आर्थिक वर्षमा स्वास्थ्यमा ९० अर्ब ६९ करोड बजेट बिनियोजन गरिएको छ ।


सबै सरकारी प्रयोगशाला तथा अस्पतालमा कोभिड– १९ को निःशुल्क परीक्षण र उपचारको व्यवस्था मिलाइएको छ । कोभिडबाट संक्रमित बिरामीको उपचारमा अक्सिजनको कमि हुन नदिन अक्सिजन प्लान्ट, सिलिण्डर र तरल अक्सिजन ढुवानी र भण्डारण गर्ने ट्याकं खरिद गर्न बजेट व्यवस्था गरीएको छ ।


कोभिड–१९ का बिरामीको उपचारका लागि आवश्यक पर्ने आइसियू, एचडियू, भेन्टिलेटर, टेस्ट किट्स लगायतका आवश्यक उपकरण खरिद गर्न चार अर्ब विनियोजन गरीएको छ । उपचार सेवामा जनशक्तिको अभाव हुन नदिन सेवा निवृत्त तथा इन्टर्नसीपमा रहेका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता र तलव पाउने गरी एक वर्षको सेवा करारमा लिई अस्पतालमा खटाउने बजेट वक्तव्यमा उल्लेख छ ।
सबै स्थानीय तहमा क्वारिन्टिन निर्माण, कन्ट्याक्ट ट्रेसिङ्ग, आइसोलेशन सेन्टर स्थापना, जनशक्तिको व्यवस्था एवम् औषधी उपकरणको नियमित आपूर्ति गर्न आवश्यक रकम विनियोजन गरेको छ ।

खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड छुट्याइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स